Mohapath मोहपथ
₨375
Written by Lalit Vista
BOOK DETAILS
ISBN: 9789937705479
Publisher: Phoenix Publication
First Publish Year: 2076 BS
Edition: 1st
Cover: Paper Back
Category: Stories
Language: Nepali
Pages: 299
Weight(gms): 250
Description
From the Backcover
नेपाली समाजमा तकनिकीका अनेकन् कथाहरू छन् । असमावेशी समाजमा परम्परागत संस्कारका खुनी हर्कतहरू छन् । आर्थिक दरारले थिलथिलो पारिएका निस्पृहताहरू छन् । सामाजिक मर्यादामा विभेदका ठूल्ठूला खाडलहरू छन् । मानिसका गरिबी र पछ्यौटेपनमा मानिसकै संवेदना शून्य छ । नयाँ र सुखी जीवन बाँच्न मानिसहरू सङ्घर्ष त गरिरहेकै छन् तर एक्लाएक्लै । अलगथलग भोगाइ र बुझाइले चेप्टिएर मानिस साँच्चिकै रूग्ण बनिरहेको छ । हो, यही क्रुर समयमा दिमाग थङ्थिलो भएका मानिसहरूको कथा कथ्ने शिल्पी हुन् – ललित बिष्ट ।
स्वैरकल्पनाजस्तो लाग्ने तर हामीले ठीक यतिबेला बाँचिरहेको यथार्थता नै यस कृतिको विशिष्टता हो । मनोवैज्ञानिक भावभूमिमा जटीलताहरूको पहिचान गर्दै दुःख निरूपण लेखिएका ललितका कथाहरूले पाठकहरूलाई नयाँ स्वाद दिनेछन् । विश्वासका साथ भन्न सकिन्छ, यो नेपाली आख्यानमा दरिलो कृति हो ।
Reviews
There are no reviews yet.