Maharasanighantu Maharas Ayurvedic Herbal Health Encyclopedia महारसनिघण्टु
₨9,000
Written by Yogi Dharma Maharas
BOOK DETAILS
ISBN: 9789937715737
Publisher: Vidhyarthi Pustak Bhandar
First Publish Year: 2076
Edition: 1st
Cover: Hard Back
Category: Ayurveda
Language: Nepali
Weight(gms): 5400g
Description
From the Backcover
महारसनिघण्टु नै किन ?
सामान्य रोगको रोकथामका लागि साधारण व्यक्तिहरूलाई समयमै सरल र स्पष्ट रूपमा आवश्यक सूचना तथा जानकारी दिई चिकित्सा सर्वसुलभ–अति सस्तोमा आफ्नै घरमा बसेर पनि अस्पताल–चिकित्सकले भन्दा प्रभावकारी उपचारलाई छिटोछरितो बनाउन …
आधारभूत स्वास्थ्यसेवामा हुने ढिलासुस्तीले बिरामीको ज्यानसमेत जाने खतरा भएकाले सबै व्यक्तिलाई स्वःस्फूर्त उत्साहित भएर आफैं प्राथमिक उपचारक बन्न र अनुसन्धानधाताका लागि विशिष्ट चिकित्सा अनुसन्धान गर्न …
खेर जाँदै गरेको वनस्पतिलाई कुहिन वा नष्ट हुनबाट जोगाएर सङ्कलन–भण्डारण तथा औषधिनिर्माण गर्दै स्वास्थ्योपचारमा सदुपयोग गर्नुका साथै संसारका समस्त चिकित्सापद्धतिलाई प्राचीनतम् अध्ययन–अनुसन्धानद्वारा प्राप्त ज्ञानका आधारमा मार्गदर्शन गरी संसारमै आयुर्वेदीय स्वास्थ्यसेवालाई गतिशील बनाउन …
यस ग्रन्थभित्र सबैले बुझ्ने भाषामा एकलद्रव्य वानस्पतिक र औषधीयतत्वहरूको आवश्यक व्याख्यासहित सचित्र प्रस्तुति भएकाले सर्वसाधारणलाई सिकेर–जानेर सजिलै उपचार गर्न सक्ने बनाउन …
स्व–स्वास्थ्यको हेरचाह गर्नुपर्ने प्रत्येक व्यक्तिको प्रथम उत्तरदायित्व वहन गरी स्वक्षमता अभिवृद्धिहेतु ज्ञान–विज्ञानलाई आदान–प्रदान गर्दै परम्परागत कैयौं पद्धतिहरूलाई आजको अत्याधुनिक चिकित्ससँग जोडेर विश्वका सबै मानिसलाई संयुक्त उपचार गर्न/गराउन …
आयुर्वेदीय–जडीबुटीद्रव्यलाई औषधिका अतिरिक्त पोषणका रूपमा प्रयोग गर्दै कुपोषणबाट मुक्त भई यथाशीघ्र स्वास्थ्यलाभहेतु शरीरमा भरणपोषणसेवा पुर्याउन …
बल बढाउन, सदा निरोगी रहन र बुढ्यौली आउन नदिन व्यावहारिक तथा प्रयोगात्मक आयुर्वेदीय विद्यामा अग्रसर हुँदै विशेष स्वास्थ्य सेवा प्राप्त गर्न …
षड्रसलाई उपयुक्त व्यवस्थापन गरी सन्तुलनमा ल्याउन खानेपिउने पथ्य–अपथ्य साथै दिनचर्या मिलाउन सदा स्वस्थ–निरोगी तथा खुशी–सुखी रहन …
संसारभरका उपचारसम्बन्धी ज्ञान–विज्ञान लुकाउनु– छिपाउनुको सट्टा सबै चिकित्साविधिहरू
मनुष्यहितमा सार्वजनिक गरी स्वास्थ समाज र राष्ट्र निर्माण गर्न …
Reviews
There are no reviews yet.