Rajgaj रजगज
₨488
Written by Hari Bahadur Thapa
BOOK DETAILS
ISBN: 9789937665254
Publisher: Fine Print Books
First Publish Year: 2017
Edition: 2017 AD
Cover: Paper Back
Category: Development Criticism
Language: Nepali
Pages: 354
Weight(gms): 300
Description
About Book
पञ्चायतकालमा नेपाल आयल निगमले रानी ऐश्वर्यलाई वार्षिक १२ करोड रूपैयाँ कमिसन बुझाउने तथ्य नेपाल आयल निगमका तत्कालीन अध्यक्ष लोककृष्ण भट्टराईले सार्वजनिक गरिदिएका थिए । त्यसले ठूलो हलचल ल्यायो र प्रधानमन्त्री मनमोहन अधिकारीले राति निवासमा बोलाएर उनलाई हकार्दै भने, ‘यसरी बोल्नुअघि सोध्नुपर्दैन ? यहाँ सरकार हल्लियो ! युवराजले समेत कत्रो आपत्ति जनाए ! युवराजले उच्चस्तरीय आयोग गठन गरी आमा (रानी) अभियुक्त भएको तथ्य प्रमाणित गर्नुपर्ने, निगमको अध्यक्ष हटाउनुपर्ने या अध्यक्षले सार्वजनिक रुपमा माफी मागी त्यो दरबारमा समेत जाहेर गर्नुपर्ने विकल्प अघि सारेछन् । यसो गर्नुस्, भोलि नै रेडियोबाट माफी माग्नुस्; कुरै खत्तम !’तर भट्टराईले माफी मागेनन् । तीन दिनपछि सञ्चालक समितिको बैठकबाट प्रस्ताव पारित गरी उनलाई अध्यक्षबाट हटाइयो । पञ्चायतदेखि लोकतन्त्रसम्मका यस्तै भ्रष्टाचारको नालीबेलीले भरिएको छ ।
Reviews
There are no reviews yet.